यूएस बङ्गला विमान दुर्घटना : छानबिन गर्न बङ्गलादेशका एएआईजी प्रमुख नेपालमा

काठमाडौँ – यूएस बङ्गला विमान दुर्घटनाका विषयमा छानबिन गर्न बङ्गलादेशको विमान दुर्घटना छानबिन समूह (एएआईजी–बीडी)का प्रमुख कप्तान सलाउद्दीन एम रहमतुल्लाह नेपाल आएका छन् । ‘आज म नेपाल जाँदै छु । हामी विमानकोे ब्ल्याक बक्सको परीक्षणलाई प्राथमिकता दिँदै छौं’, नेपाल आउनुअघि सलाउद्दिनले ढाकामा बङ्गला ट्रिब्युनमा भने, ‘ककपिटबाट भएको अन्तिम संवादको समीक्षा गरेपछि आवश्यक जानकारी एकत्र गरिनेछ…