प्रधानमन्त्री ओलीलाई मोदीको बधाई, भारत भ्रमणको निम्तो

काठमाडौं - नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीलाई भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले बधाई तथा शुभकामना दिएका छन् । मोदीले बिहीबार राति १०ः३० बजे टेलिफोन गरेर प्रधानमन्त्री ओलीलाई सफल कार्यकालको शुभकामना दिँदै भारत भ्रमणको निम्तोसमेत दिएका ओलीका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिए । उनका अनुसार भारतीय प्रधानमन्त्री मोदीले आफू प्रधानमन्त्री ओलीलाई भारतमा स्वागत गर्न प्रतिक्षारत रहेको…