प्रधानमन्त्री ओली-अब्बासीबीच एक घण्टा वार्ता: सार्कलाई सक्रिय बनाउन सहमत

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओली र पाकिस्तानी समकक्षी शहीद खकान अब्बासीबीच होटल याक एण्ड यतिमा करिब एक घण्टा भेटवार्ता भएको छ। सोमबार अपरान्ह सवा ३ बजे काठमाडौं आएका अब्बासीले प्रधानमन्त्री ओलीलाई बधाई तथा शुभकामना व्यक्त गरे। प्रधानमन्त्री ओली र समकक्षी अब्बासीबीच  दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन सार्कलाई सक्रिय तुल्याउने विषयमा विचारविमर्श भएको छ। भेटवार्तामा मुल…