अमेरिकी रक्षामन्त्री म्याटिस् काबूलमा

काबुल– अमेरिकी रक्षामन्त्री जिम म्याटिस् भ्रमणको पूर्वसूचना विना नै मङ्गलबार अफगानिस्तानको राजधानी काबुल पुगेका छन् । तालिबान लडाकूको विषयमा अफगान सरकारसँग गर्ने भनिएको शान्ति वार्ताबारे प्रारम्भिक छलफल गर्नको लागि भन्दै म्याटिस् काबुल पुगेका हुन् । अफगान राष्ट्रपति असरफ घानीले तालिबान लडाकू समूहसँग शान्तिवार्ता गर्ने खुलाशा गरेको दुई हप्तापछि यस युद्धग्रस्त सहरमा म्याटिस् पुगेका हुन् ।…