काठमाण्डु – प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपालका लागि फ्रान्सका राजदूत भर्जिनिइ कर्टेभलले बिहीबार भेटवार्ता गरेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा भएको भेटमा २ पक्षीय सम्बन्ध र हितका विविध विषयहरूका साथै आपसमा हुँदै आएको सहयोग आदानप्रदानलाई अभिवृद्धि गर्ने विषयमा छलफल भएको छ । भेटका अवसरमा परराष्ट्र मन्त्रालयका उच्च अधिकारी लगायतको सहभागिता थियो ।