भारतका अतिरिक्त सचिव महावरले भेटे परराष्ट्रमन्त्री राणा

काठमाण्डु – भारतको विदेश मन्त्रालयका अतिरिक्त सचिव मुनु महावरले परराष्ट्रमन्त्री डा. आरजु राणा देउवासँग भेट गरेका छन् । महावरले बुधबार परराषट्रमन्त्री डा. राणासँग भेट गरेका मन्त्री राणाको सचिवालयले जानकारी दिएको छ । भेटमा नेपाल–भारत सम्बन्धलाई थप मजबुत बनाउने विषयमा छलफल भएको सचिवालयले जनाएको छ । महावरले मंगलबार गृहमन्त्री रमेश लेखकसँग भेट गरेका थिए ।