काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपालको कम्युनिष्ट शासन प्रणाली दुनियाँको कुनै पनि किताबमा फेला नपर्ने खालको भएको बताएका छन् । पार्टी कार्यालय धुम्बाराहीमा शनिबार ‘जनताको जनवादका आधारहरु’ विषयक पुस्तक लोकार्पण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले नेपालको कम्युनिष्ट क्रान्ति पुरानो पुँजीवादी क्रान्ति र नवजनवादी क्रान्ति भन्दा भिन्न प्रकृतिको भएको बताए ।…