काठमाडौं – सरकारले जर्मनीको बोनमा रहेको १८ वर्ष पुरानो नेपाली दूतावास बेच्ने तयारी गरेको छ । मन्त्रिपरिषद् बैठकले दूतावासको भवन र जग्गा बेच्ने निर्णय गरेको हो । सञ्चार तथा सूचना प्रविधिमन्त्री तथा सरकारका प्रवक्ता गोकुल बास्कोटाले बिहीवार मन्त्रालयमा मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै बेच्ने निर्णय गरिएको जानकारी दिए । ‘नेपाल सरकारको स्वामित्वमा रहेको जर्मनीस्थित घरजग्गा…