काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र सभामुख उम्मेदवार चयनको विवादले १ महिना पूरा गरेपछि उम्मेदवारको टुंगो लाग्यो । अन्ततः अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को अडान अनुसार अग्नि सापकोटा प्रतिनिधिसभा सभामुख बन्ने भएका छन् । आइतबार नेकपा सचिवालय बैठकले सापकोटालाई सभामुख उम्मेदवार बनाउने औपचारिक निर्णय गरेको छ । तर सापकोटालाई सभामुख उम्मेदवार बनाउने प्रचण्डको प्रस्तावलाई…