काठमाडौं - नेकपा सचिवालय बैठकले स्थायी समिति सदस्य अग्निप्रसाद सापकोटालाई सभामुखको उम्मेदवार बनाउने निर्णय गरेको छ। प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले सो निर्णय गरेको महासचिव विष्णु पौडेलले बताए। सभामुखको उम्मेदवार कसलाई बनाउने भन्ने विषयमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच आइतबार बिहान करिब दुई घण्टा छलफल भएको थियो। उक्त छलफलपछि पूर्व माओवादी समूहबाट सापकोटालाई…