कांग्रेसमा गम्भीर संसदीय विचलन : ‘बाहुबली’ पाराले संसदीय सर्वाेच्चता कुल्चिनु कति जायज ?

काठमाडौं - कांग्रेस लामो प्रजातान्त्रिक अभ्यास गरेको संसदीय दल भनेर बुझिन्छ । तर कांग्रेसका पछिल्ला क्रियाकलापले कांग्रेसमा गम्भीर संसदीय विचलन आएको देखिएको छ । कांग्रेस पार्टीको नेतृत्वमा सभापति शेरबहादुर देउवा आएपछि कांग्रेस प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा पराजित भयो । जनमतमा पराजित भएको कांग्रेसले सत्तासुविधाबाट वञ्चित हुनुपरेको छ । कार्यपालिकामा मात्रै होइन, कांग्रेस व्यवस्थापिकामा पनि अल्पमतमा…