मन्त्री पण्डितले भने : असार मसान्तभित्र कर्मचारी समस्या समाधान हुन्छ

विराटनगर - संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले असार मसान्तभित्र सबै स्थानीय तहमा कर्मचारी समस्या समाधान हुने बताएका छन्। विराटनगर विमानस्थलमा सोमबार बिहान सञ्चारकर्मीसँग कुरा गर्दै उनले स्थानीय तहमा अपुग पाँच प्रतिशत कर्मचारी असार मसान्तसम्म पूरा हुने जानकारी दिएका हुन्। दरबन्दीअनुसार स्थानीय तहको प्रमुख प्रशासकीय अधिकृत शतप्रतिशत, अधिकृतस्तरका ९५ प्रतिशत कर्मचारीले तोकिएका स्थानमा…