काठमाडौं - नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कञ्चनकपुरकी निर्मला पन्तको हत्यारालाई सरकारले नै बचाउन खोजेको आरोप लगाएका छन् । शनिबारदेखी काठमाडौंमा कांगेस महासमिति बैठकको उद्घाटनमा सभापति देउवाले निर्मला हत्यारालाई सरकारले नै समर्थन गरेको पुष्टि हुदै गएको बताएका हुन्। ’न्यायका लागि प्रचार टाँस्दा च्यात्नु नै यसको प्रमाण हो’ देउवाले भने। मुलुकभर हत्या हिंसाका घटना बढ्दै गएको…