चितवनमा गृहमन्त्रीले भने ‘पार्टी एकता घोषणा हुनमात्रै बाँकी छ’

चितवन- गृहमन्त्री रामबहादुर थापाले दुई पार्टी एकताको सबै विषय टुंगिएकाले घोषणा हुनमात्रै बाँकी रहेको बताएका छन् । आज यहाँ पत्रकारहरुसँगको कुराकानीमा उनले टुंगिन बाँकी रहेका राजनीतिक, वैचारिक र संगठनात्मक आधारहरु पनि तय भइसकेको बताएका हुन् । संयोजन समितिले मिति तोक्नमात्रै बाँकी रहेको छ भन्दै गृहमन्त्री थापाले सामान्य प्राविधिक कारण ऐतिहासिक दिन वैशाख ९ गते एकता…