प्रधानमन्त्रीले भारतसँग फलदायी वार्ता गर्नुपर्छः अध्यक्ष थापा

हेटौँडा- राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले संविधान र राष्ट्रिय अखण्डता माथि आँच नपुग्ने गरी प्रधानमन्त्रीले भारत सरकारसँग फलदायी वार्ता गर्नुपर्ने बताएका छन् ।राप्रपा हेटौँडा उपमहानगरपालिका नगर समितिद्वारा आयोजित दुईदिने प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै उनले यस्ताे बताएका हुन् । उनले १९५० को नेपाल–भारत शान्ति तथा मैत्री सन्धि पुनरावलोकन गर्न र हुलाकी राजमार्गलाई यथाशीघ्र निर्माण गर्न…