समृद्धिको बाटो हुँदै समाजवादी क्रान्तिको बाटोमा छौं : अध्यक्ष प्रचण्ड

काठमाडौँ - नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो पार्टी समृद्धि हुँदै समाजवादी क्रान्तिको नयाँ बाटोमा जान लागेको बताएका छन् । नेत्रविक्रम चन्द नेतृत्वको समूह नेकपाबाट विद्रोह गरी आउने नेता तथा कार्यकर्तालाई साेमबार आफ्नै निवास खुमलटारमा आयोजित पार्टी प्रवेश कार्यक्रममा उनले आर्थिक समृद्धिको आधार तयार पार्न वर्तमान सरकार र पार्टी लागिपरेको बताए ।…