काठमाडौं - कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले सभापति शेरबहादुर देउवा पार्टी विधान र सहमति विपरीत चलेको भन्दै सशक्त प्रतिरोध गर्ने तयारी गरेको छ। पूर्वमहामन्त्री प्रकाशमान सिंहलको निवासमा आइतबार चार नेताबीच भएको छलफलमा पदाधिकारी मनोनयन प्रक्रिया र भावी रणनीतिबारे छलफल भएको थियो। ‘भावी दिनमा कसरी अघि बढ्ने भन्नेबारे यसै साता संस्थापनइतर पक्षको भेला बलाउने तय भएको…