बुधवार सांझसम्म मन्त्रीपरिषदले पूर्णता पांउछ : एमाले नेता ज्ञवाली

काठमाडौं – नेकपा (एमाले)का सचिव प्रदीपकुमार ज्ञवालीले बुधबार भोलिसम्म मन्त्रिमण्डलले पूर्णता पाउने बताएका छन् । रिपोर्टर्स क्लब नेपालले आज आयोजना गरेको साक्षात्कारमा सचिव ज्ञवालीले अबको सरकार मुलुकको समृद्धिका लागि हुनेमा जोड दिंदै संविधानले निर्दिष्ट गरे अनुसारको सानो आकारको सरकार गठन गरिने जानकारी दिए । नेता ज्ञवालीले वर्तमान सरकारले लोकतन्त्रको सुदृढीकरण, राष्ट्रिय हितको रक्षा गर्ने, सुशासन…