द्वि–अध्यक्षात्मक प्रणालीमा सहमति,दुई अध्यक्षबीच आजै लिखित सम्झौता हुने

काठमाडौँ — एमाले र माओवादी केन्द्रबीच एकीकृत पार्टीको नेतृत्व दुवै पार्टीका अध्यक्षले ‘संयुक्त रूपमा’ गर्ने गरी पार्टी एकताको समझदारी बनेको छ । पटक–पटकको छलफलपछि एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल द्वि–अध्यक्षात्मक विधिअनुसार एकता गर्ने निष्कर्षमा पुगेका हुन् । औपचारिक निर्णय गर्नुअघि कुनै बदलाव नआए अब एकतापछिको पार्टीमा ओली र दाहाल दुईजना अध्यक्ष रहनेछन् ।…