काठमाडौँ - प्रतिनिधिसभाको शुक्रबारको बैठकमा यूएस बंगला विमान दुर्घटनाका दिवंगतप्रति शोक व्यक्त गर्न मौनधारण चलिरहेको थियो । त्यति नै बेला कांग्रेस सांसद मोहम्मद अफ्ताब आलमको मोबाइलको घन्टी बज्न थाल्यो । उनले फोन काटे तर पनि बज्न छाडेन । प्रधानमन्त्री केपी ओलीले संसद्लाई सरकारले दुर्घटनाका घाइतेको उद्धार र उपचारमा गरेको प्रगति सुनाइरहँदा पनि सत्तापक्ष र विपक्षी सांसदको मोबाइल बजिरहेकै थियो ।…