काठमाडौँ – प्रतिनिधिसभाका उपसभामुखमा नेकपा (एमाले) का शिवमाया तुम्बाहाम्फे अत्यधिक मत प्राप्त गरी निर्वाचित भएकि छिन् । शुक्रबार प्रतिनिधिसभा बैठकमा उपसभामुख पदको निर्वाचनमा उनले २०१ मत प्राप्त गरिन् । उनका प्रतिष्पर्धी नेपाली काँग्रेसकी पुष्पा भुसाल (गौतम)को पक्षमा ५८ मत परेको थियो । निर्वाचनमा २५९ सासदले भाग लिएका थिए । बैठकमा सभामुख कृष्णबहादुर महराले तुम्बाहाम्फेको पक्षमा…