काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले अन्तराष्ट्रिय रुपमा लोकतन्त्र भन्दा जे बुझिन्छ आफूहरुका मान्यता त्यही हुने बताएका छन् । संघीय संसद्मा विश्वासको मत माग्न उपस्थित भएर उनले आफ्ना प्रतिवद्धता व्यक्त गरेका हुन् । ‘म प्रधानमन्त्री हुनका लागि मात्रै होइन, देशमा परिवर्तनका लागि यहाँ उभिएको हुँ, भ्रष्टाचार गर्नका लागि प्रधानमन्त्री भएको होइन, त्यो हुन पनि दिन्नँ…