अर्घाखाँची – नेकपा माओवादी केन्द्रका नेता जनार्दन शर्माले दुई तिहाइको सरकार निर्माण लागेको बताएका छन् । अर्घाखाँचीको सन्धिखर्क ९ अर्घामा पिताको काजक्रियामा रहेका पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझीलाई सहानुभूति दिन आएका बेला प्रेस सेन्टर नेपालले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता शर्माले निरंकुशताको अन्त्य गर्न दुई तिहाइ बहुमतको सरकार बनाउन थालिएको बताएका हुन् । उनले नेपालमा स्थायी सरकार बन्न नसक्दा…