काठमाडौं– नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई एकीकृत पार्टीको अध्यक्ष दिनुपर्ने बताएका छन् । उनले प्रचण्डलाई पार्टी अध्यक्ष मान्न आफू तयार भएको समेत बताए । खनालले बुधबार राति एउटा टेलीभिजनलाई अन्तरवार्ता दिंदै माओवादीसंग एकता गर्नुपर्छ भन्दा आफुलाई आधा माओवादीको आरोप लगाउनेहरु नै अहिले आफ्नो लाइनमा आएको दाबी गरे ।…