काठमाडौं– नेकपा माओवादी केन्द्रबाट सरकारमा जाने मन्त्रीहरूकाे टुंगाे लगाउन सकस भइरहेकाे छ। गृहसहित सात मन्त्रालय पाएकाे माअाेवादीमा अाकांक्षीकाे संख्या दाेब्बर भएपछि सकस भएकाे हाे। साेही विषयमा छलफल गर्न माओवादीकाे बैठक अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को निवास खुमलटारमा बिहीबार बस्याे। चार घण्टा बसेकाे बैठकमा अधिकांश केन्द्रीय सदस्यहरूले मन्त्री छनोट गर्दा यसअघि अवसर पाइसकेकालार्इ दोहोर्याउन नहुने र…