काठमाडौं- मुलुकभित्र लगानीमैत्री वातावरण बन्ने संकेत देखिएपछि स्वदेशी लगानीकर्तामा उत्साह थपिएको छ। उद्योग विभागमा पछिल्लो सात महिना (साउन–फागुन)मा १७ वटा जलविद्युत् परियोजना बनाउन नेपाली लगानीकर्ताले प्रस्ताव गरेका छन्। यी परियोजनाको कुल पुँजी एक खर्ब ४८ अर्ब ४२ करोड रुपैयाँ छ। प्रस्तावित परियोजनामध्ये अधिकांश स्वदेशी लगानीमा बन्न लागेका हुन्। विभागका अनुसार एउटा परियोजनामा स्वदेशी र विदेशी…