बागलुङ - व्यवसायीले मुस्ताङी च्याङ्ग्रा बजार भित्र्याएका छन् । बागलुङ, पर्वतसहित आसपासमा सोमबार च्याङ्ग्रा आइपुगेका हुन् । व्यवसायीले हप्तौँ लगाएर बर्सेनि दसैँमा च्याङ्ग्रा भित्र्याउँछन् । दसैँमा च्याङ्ग्राको माग उच्च हुन्छ । बागलुङका व्यवसायी महेन्द्र केसीले स्थानीय बलबहादुर थापासहित पर्वत र काठमाण्डुका दुई–दुई व्यवसायी मिलेर दुई सय ५० च्याङ्ग्रा ल्याएको बताए । “सानो बगालमा किन्न नमिलेपछि…