काठमाण्डु- सर्वोच्च अदालत फर्किने तयारी गरिरहेका निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई प्रहरीले बालुवाटारस्थित सरकारी निवासमै रोकेको छ । चोलेन्द्र निस्कने गेटमा तालाबन्दी गरेर बाक्लो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ । यता, सर्वोच्च परिसरमा पनि सुरक्षा सतर्कता बढाइएको छ । आफू बस्ने क्वाटरको गेटमा तालाबन्दी गर्दै प्रहरी खटाएर सरकारले अराजकता गरेको चोलेन्द्रको टिप्पणी छ । महाभियोग सिफारिस…