नागरिकता विधेयक पास नगरेको भन्दै नेविसंघले जलायो राष्ट्रपतिको पुत्ला

काठमाण्डु- नागरिकता विधेयक प्रमाणीकरण नगरेको भन्दै राष्ट्रपति विद्यादेवी भण्डारीविरुद्ध नेपाली कांग्रेसनिकट विद्यार्थी संगठन नेविसंघले प्रदर्शन गरेको छ । आइतबार नेविसंघले त्रिचन्द्र क्याम्पसअगाडि राष्ट्रपति भण्डारीको पुत्ला दहन गरेको हो । विद्यार्थीले राष्ट्रपति विद्यादेवी भण्डारीको पुतला दहन गर्न खोजेपछि प्रहरीले हस्तक्षेप गरेको थियो । उनीहरूले प्रहरीमाथि ढुंगामुढा समेत गरे । प्रहरीले बल प्रयोग गरेर विद्यार्थीलाई तितरबितर पार्ने…