काठमाण्डु- काठमाण्डुको प्रसिद्ध इन्द्रजात्रा सुरु भएको छ । बुधबार हनुमानढोका परिसरमा पूजाआजा गरी इन्द्रध्वजासहितको लिंगो (यःसिं) ठड्याइएसँगै जात्रा सुरु भएको हो । भक्तपुरको यसिगुँबाट तानेर हनुमानढोका पुर्याइएको य:सिंलाई बिहान ७ः१५ बजेको साइतमा ठड्याइएको हो । य:सिं ठड्याउँदा नेपाली सेनाको ब्यान्ड, गुरुजु पल्टन र पञ्चेबाजा समूहले मंगलधुनका साथ तोप पड्काएका थिए । इन्द्रलाई वर्षा र सहकालको…