मन्त्रीलाई लाइनमा बसाउन खोज्दा पक्राउ परेका सुरक्षागार्ड थुनामुक्त

काठमाण्डु – पर्यटनमन्त्री जीवनराम श्रेष्ठलाई लाइनमा बसाउन खोज्दा पक्राउ परेका छायाँ सेन्टरका सुरक्षागार्ड शेरजंग गुरुङ छुटेका छन् । उनलाई साधारण तारेखमा थुनामुक्त गरिएको काठमाण्डु जिल्ला प्रशासन कार्यालयले जनाएको छ । शुक्रबार श्रीमतीसहित क्यानडाको भिषाका लागि छायाँ सेन्टरमा पुगेका मन्त्री श्रेष्ठलाई सुरक्षामा खटिएका गुरुङले लाइनमा बस्न आग्रह गर्दा मन्त्रीमाथि दुव्र्यवहार भएको आरोप लगाएर पक्राउ गरिएको थियो…