काठमाण्डु - वर्षाका कारण बाढीपहिराले गर्दा देशभरका पाँच सडक पूर्ण र १३ सडक आंसिकरुपमा अवरुद्ध भएका छन् । वर्षाका कारण हाल पूर्णरुपमा अवरुद्ध भएका सडकमा मुस्ताङको काभ्रेभिर, रारा राजमार्गको नुवाकोट,तोप्ला सडक, साँफेबगर-मार्तडी-कोल्टी सडकको अम्कोट,बल्दे सडक, रोल्पाको कोइलावास-लमही, अर्जुनखोला,घोराही,होलेरी,घर्तीगाउँ-थवाङ-लुकुम सडक र चितवनको मौरी पुल रहेको छ । मुस्ताङको काभ्रेभिर सडक पहिरो तथा ठूलो ढुङ्गा बाटोमा खस्दा…