होल्डिङ सेन्टर निर्माणमा अनियमितताः कामै सुरु नगरी निर्माण व्यवसायीले लगे साढे १ अर्ब बढी रकम

काठमाण्डु – बहुउपयोगी होल्डिङ सेन्टर निर्माणमा अनियमितता भएको पाइएको छ । सरकारले कोरोना महामारीमा ठूलो संख्यालाई आइसोलेसनमा राख्नुपर्ने भएपछि वहुउपयोगी होल्डिङ सेन्टर निर्माण गर्ने निर्णय गरेको थियो । २०७८ वैशाख १३ गतेको मन्त्रिपरिषद्को बैठकले नेपाल–भारत सीमा नाकाहरु गड्डाचौकी, गौरीफन्टा, जमुनाह, कृष्णनगर, बेलहिया, वीरगन्ज, रानी तथा काँकडभिट्ट नजिकै पायक पर्ने स्थान र काठमाण्डुमा कम्तीमा एक हजार…