वन मन्त्रालयका सहसचिव श्रेष्ठविरुद्ध १ करोड ३४ लाखको भ्रष्टाचार मुद्दा

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यातायात व्यवस्था विभागका पूर्वमहानिर्देशक चन्द्रमान श्रेष्ठविरुद्ध १ करोड ३४ लाखको भ्रष्टाचार मुद्दा विशेष अदालतमा दर्ता गराएको छ। हाल वन तथा वातावरण मन्त्रालयको सह–सचिवको रुपमा कार्यरत रहेका श्रेष्ठले पदमा रहँदा १ करोड ३४ लाख ५ सय ३६ रुपैयाँ ७६ पैसा अवैध रुपमा आर्जन गरेको ठहर गर्दै अख्तियारले बुधवार विशेष अदालतमा मुद्दा…