राजा विरेन्द्रदेखि राष्ट्रपतिसम्म चढेका दुई हेलिकप्टर चिनियाँ कम्पनीलाई बेचियो

काठमाडौं - तत्कालीन राजा विरेन्द्र शाहदेखि राष्ट्रपति विद्यादेवी भण्डारीसम्म चढेको भीभीआईपी प्रयोगमा आउने हेलिकप्टरमा समस्या आएपछि चिनियाँ कम्पनीलाई बेचिएको छ । अतिविशिष्ट (भीभीआईपी) पदाधिकारीका लागि नेपाली सेनाको हवाई सेवा महानिर्देशनालयले हेलिकप्टर सञ्चालनमा ल्याएको थियो । महानिर्देशनालयले प्रयोगविहीन अवस्थामा रहेको एउटा र बिग्रिने अवस्थामा रहेको अर्काे गरी २ हेलिकप्टर हालसालै एक  चिनियाँ कम्पनीलाई बेचेको छ ।…