लागुऔषधसहित चार जना पक्राउ

कावासोती–जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वले लागुऔषधसहित चार जनालाई पक्राउ गरेको छ। पूर्वपश्चिम राजमार्गअन्तर्गत मध्यबिन्दु नगरपालिका–८ स्थित फूलबारीबाट लु१ख ७९८५ नंको बसमा लागुऔषध लुकाएर ल्याउँदै गरेको अवस्थामा भरतपुर महानगरपालिका–२१ का २८ वर्षीय अर्जुन सुनार, नवलपरासी रामग्राम नगरपालिका–८ का ३१ वर्षीय राममिलन केवट र भारत उत्तर प्रदेश भहाराजगञ्ज ठुटीबारी ग्राम लोहरौली घर भई रामग्राम–६ बस्ने ४१ वर्षीय…