वैज्ञानिकहरूको दाबी : नेपाल ८.५ म्याग्नेच्युडको भूकम्प जोखिममा

एजेन्सी - नेपालसहितको हिमालय क्षेत्र इतिहासकै सबैभन्दा ठूलो भूकम्पको जोखिममा रहेको भारतीय वैज्ञानिकहरुको एक अध्ययनले बताएको छ । ‘दक्षिण एशियाको मध्य हिमालय क्षेत्रमा भविष्यमा जुनसुकै समय ८.५ म्याग्निच्युडको भूकम्प जान सक्छ’, बेंग्लोर आधारित संस्थाको जियोलोजिकल जर्नलमा प्रकाशित लेखमा भनिएको छ । नेपालको सुदूर पश्चिमको हिमाली क्षेत्र र भारतको उत्तराखण्ड क्षेत्रको तथ्यांकआधारित भएर गरिएको अध्ययनले यस्तो…