२००७ सालमा वीरगति प्राप्त गरेका मुक्ति सेनाहरुलाई सहिद घोषणाकाे माग

काठमाडौं–जनमुक्ति सेना कल्याण संघ–२००७ नेपालले वर्तमान सरकारले २००७ सालमा प्रजातन्त्रको लागि लडेका र उक्त आन्दोलनमा वीरगति प्राप्त गरेका मुक्ति सेनाहरुलाई सहिद घोषणा गर्न माग गरेको छ। शनिबार राजधानीमा अायाेजित पत्रकार सम्मेलनमा  जनमुक्ति सेना कल्याण संघ–२००७ नेपालले आन्दोलनमा सरिक भएका र जीवित मुक्ति सेनालाई वर्तमान सरकारले यथाशक्य चाँडो राष्ट्रिय सम्मान गर्नुपर्ने माग गरेकाे हाे। उक्त आन्दोलनका…