फिदा हुसेन हत्याको विरोधमा प्रदर्शन, गृहमन्त्री थापाको राजीनामा माग

सुनसरी - सुनसरीको दुहबीमा अज्ञात समूहले स्थानीय बाबा इँटा उद्योगका म्यानेजर फिदा हुसेनको बुधबार बिहान गोली हानी हत्या गरेको विरोधमा स्थानीयले गृहमन्त्री रामबहादुर थापा बादलको राजीनामा माग गरेका छन् । मोटरसाइकलमा आएका अज्ञात समूहले दुहबी बजारभन्दा केही पर नहरको डिलमा उनीमाथि गोली हानेका थिए । गोली लागी घाइते हुसेनको उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमा…