सशस्त्र प्रहरी प्रवक्ताको जिम्मेवारी डीआईजी सुरजकुमार श्रेष्ठले पाए

काठमाडौं- अर्ध सैन्य बल सशस्त्र प्रहरीको प्रवक्तामा प्रहरी नायव महानिरीक्षक डीआईजी सुरजकुमार श्रेष्ठ नियुक्त भएका छन् । यसअघि डीआईजी बाबुराम पाण्डे प्रवक्ताको रुपमा थिए । संगठनसँग सम्बन्धित सूचना तथा जानकारी, संगठनको कार्यक्षेत्र भित्रका समाचार तथा संगठनबाट सम्पादन भएका जनसरोकारका विषयहरु लगाएतका विभिन्न सूचनाहरु प्रवाह गर्ने जिम्मेवारी श्रेष्ठलाई दिइएको सूचना शाखाका डीएसपी अजय छतकुलीले जानकारी दिए…