दलित भएकैले काठमाडौंमा कोठा पाउन समस्या

काठमाडौं - पर्वतका सागर परियारले कोठा खोज्न हिँडेको महीना दिनपछि बल्ल अनामनगरमा दुई वटा कोठा फेला पारे । कोठाका लागि उनले एक हजार बैना दिएको तीन दिनपछि घरबेटी (सुनीता घिमिरे)ले कोठा नसर्दै सागरको जात सोधिन् । सागरले आफ्नो जात बताएपछि घरबेटीले कोठा त आफ्नै लागि चाहिएको भन्दै बैना फिर्ता गरेर अन्तै कोठाको व्यवस्था गर्न आग्रह…