आज कुकुरतिहार मनाइँदै

--काठमाडौं - हिन्दु नेपालीको दोस्रो ठूलो चाड तिहारको दोस्रो दिन मंगलबार कुकुरको पूजा गरी कुकुर तिहार पर्व मनाइँदैछ। घरको सुरक्षा गर्ने कुकुरको पूजा गरी मीठामीठा खानेकुरा खान दिइन्छ। सनातन धर्ममा कुकुरलाई यमराजको दूत मानिएको छ। कार्तिक कृष्ण चतुर्दशीमा कुकुरको पूजा गर्दा यमलोक प्रवेशका क्रममा यमराजको ढोकामा द्वारपालका रूपमा बसेका श्याम र सबल नामका कुकुरले बाटो…