उपराष्ट्रपतिद्वारा जलपान कार्यक्रम आयोजना सोमबार

काठमाडौं - उपराष्ट्रपति नन्दबहादुर पुनले तिहार, छठ एवं नेपाल संवत् ११३९ का अवसरमा सोमबार अपराह्न शुभकामना आदानप्रदान तथा जलपान समारोह आयोजना गर्ने भएका छन्। उपराष्ट्रपतिको कार्यालय, बहादुर भवनमा आयोजना हुने समारोह अपराह्न २ः३० बजेदेखि शुरु हुनेछ । समारोहमा राष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश, प्रतिनिधिसभाका सभामुख, राष्ट्रियसभाका अध्यक्षलगायत उच्च पदाधिकारीलाई आमन्त्रण गरिएको उपराष्ट्रपतिको कार्यालयले जनाएको छ । समारोहमा…