उपराष्ट्रपतिद्वारा कात्तिक १६ गते जलपान आयोजना

काठमाडौं - उपराष्ट्रपति नन्दबहादुर पुनले तिहार, नेपाल संवत् एवं छठ पर्वको अवसरमा शुभकामना आदानप्रदान तथा जलपान समारोहको आयोजना गर्ने भएका छन् । उपराष्ट्रपतिको कार्यालय, बहादुर भवनमा यही कात्तिक १६ गते अपराह्न २ बजे समारोह आयोजना गरिने उपराष्ट्रपतिको कार्यालयले जनाएको छ । चियापानका लागि राष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश, सभामुख, राष्ट्रियसभाका अध्यक्षलगायत उच्च पदाधिकारीलाई आमन्त्रण गरिएको छ ।…