उर्जामन्त्री र सर्वियाका उपप्रधानमन्त्रीबीच भेटः लगानी र पर्यटक भित्रयाउनेबारे छलफल

काठमाडौं– उर्जा,जलस्रोत तथा सिंचाईमन्त्री बर्षमान पुन र सर्वियाका प्रथम उपप्रधानमन्त्री इभिका डाकिकबीच भेटवार्ता भएको छ । युरो–एसिया इनर्जी सेक्युरिटी फोरममा भाग लिन सर्विया पुग्नुभएका उर्जामन्त्री पुन र उपप्रधानमन्त्री इभिकाबीच शनिवार शिष्टाचार भेटवार्ता भएको हो । भेटमा द्धिपक्षिय हितका विषयमा छलफल हुनुका साथै दुवै देशको बीचमा आगामी दिनमा गर्ने सहकार्यका विषयमा समेत कुराकानी भएको थियो ।…