सुन तस्करी प्रकरण : यूएईमा पक्राउ परेका गोरे ग्याङका नाइकेलाई नेपाल ल्याइयो

काठमाडौं - साढे ३३ किलो सुन तस्करी र सनम शाक्य हत्या प्रकरणका मूख्य आरोपी चूडामणि उप्रेती ‘गोरे’का साथी बेनु श्रेष्ठलाई नेपाल झिकाइएको छ। अन्तराष्ट्रिय अपराध प्रहरी संगठन (इन्टरपोल)को रेड नोटिसका आधारमा संयुक्त अरब इमिरेटस् (युएई) प्रहरीले गत साउनमा पक्राउ गरेका बेनुलाई आइतबार काठमाडौं ल्याइएको हो। काठमाडौंको न्यूरोडस्थित सुन पसलका सञ्चालक रहेका बेनुले नै सनम शाक्य…