नेपाली कांग्रेसका महामन्त्री शशाङ्कले भने – जनताले संघियता बुझेनन् 

चितवन- नेपाली काङ्ग्रेसका महामन्त्री डा. शशाङ्क कोइरालाले जनताले सङ्घीयता नबुझेको दाबी गरेका छन् । उनले जनता र नेताले संघियताको बारेमा बुझ्न नसक्दा यसको कार्यान्वयनमा समस्या देखिएको बताएका छन् । शनिबार भरतपुरमा पत्रकारसँग कुराकानी गर्दै उनले संविधानमा व्यवस्था भएअनुसार सङ्घीय सरकारले प्रदेशलाई अधिकार प्रत्यायोजन गर्न नसकेको बताए । उनले भने, ‘सङ्घीयताका विषयमा सरकार, राजनीतिक दलका नेता…