म्यानपावरमा रोजगार विभागको छापा, कारोबार रोक्का गर्न निर्देशन

काठमाडौं– वैदेशिक रोजगार विभागले राजधानीको सामाखुसीमा रहेको कान्तिपुर ओभरसिज सर्भिस प्रालिमा छापा हानेर कारोबार रोक्काको निर्देशन दिएको छ। पूर्वस्विकृति विना नै वैदेशिक रोजगारीको लागि कतार पठाइदिने भन्दै कारोबार गरेकाले छापा मारिएको विभागका अधिकृत उद्धव रिजालले बताए। कम्पनीले कतार जानका लागि १ लाख रुपैयाँसम्म लिएर अन्तर्वार्ता लिइरहेको थियो। शङ्कास्पद देखिएकोले सम्पूर्ण कागजपत्र जफत गरी उक्त कम्पनीको…