हेलिकप्टर दुर्घटनामा निधन भएका मन्त्री अधिकारीसहित सातै जनाको शव काठमाडौं आइपुग्यो

काठमाडौँ - बुधबार ताप्लेजुङमा भएको हेलिकप्टर दुर्घटनामा परी मृत्यु भएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीसहित सातै जनाको शव हेलिकप्टरबाट काठमाडौँ ल्याइएको छ। बिहीबार मौसममा सुधार आएसँगै नेपाली सेनाको हेलिकप्टरबाट अपराह्न १ बजेर २५ मिनेटमा ती शव त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा ल्याइएको हो। शव छुट्टाछुट्टै शववाहनमा राखेर परीक्षणका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज लगिएको छ।…