युवती हत्याको आशंकामा युवक पक्राउ

कञ्चनपुर - कञ्चनपुरको कृष्णपुर नगरपालिका–८ की १७ वर्षीया कविता विष्टको हत्याको आरोपमा प्रहरीले थप एकजनालाई मंगलबार पक्राउ गरेको छ । कृष्णपुर नगरपालिका–२, वाणीका २२ वर्षीय भरत बोहरालाई बेदकोट नगरपालिका–७, लालपुर क्षेत्रबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरका प्रहरी नायब उपरीक्षक ज्ञानबहादुर सेटीले बताए । पक्राउ परेका बोहरालाई हिरासतमा राखी अनुसन्धानको कार्य भइरहेको उहाँले बताउनुभयो ।…